बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य

काठमाडौं ।विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । खासमा बीमा कम्पनीहरुले अण्डर राइटिङमा कडाइ नगर्दा परिवारकै सदस्यको हत्या गरेर पैसा कमाउने अपराधी नियत मौलाएको उनले बताए ।बीमा समितिले यसै बिषयमा कडाई गर्नैपर्ने बेला आएको उनले भने । नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८/९/३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गरेको थियो । अनुसन्धानमा बिकको बीमा गर्नेदेखि बिकलाई मारेर दाबी भुक्तानी पैसा पाउनको लागि योजना नै बुनेको पाइएको छ ।रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको दाबी भुक्तानीको लागि पुनर्बिमा कम्पनीलाई फाइल पठाएकोमा पुनर्बिमाले शंकास्पद लागेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई अनुसन्धानको लागि आग्रह गरेको थियो।सीआईबिले यस समबन्धमा अनुसन्धान गरेर बीमा दाबी भुक्तानीको नाममा घोटाला गरेर ठगि गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । प्रहरीले आज ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो ।प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम … Continue reading बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य