काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा उठाइएको प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको छ । हिमालयन रि इन्स्योरेन्स र चारवटा जीवन बीमा कम्पनीले हालै प्रिमियममा आईपीओ जारी गरेका थिए । आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ ल्याएका हुन् । प्रिमियममा आईपीओ ल्याउने यी सबै कम्पनीलाई पत्राचार गरेर प्राधिकरणले आईपीओ जारी गर्दा प्रिमियममा उठाएको नौं अर्ब ३३ करोड ७२ लाख ५४ हजार रुपैयाँ जगेडा कोषमा राख्न निर्देशन दिएको हो । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार निर्देशन कार्यान्वयन गर्न वुधबारै सबै कम्पनीलाई पत्राचार गरिएको थियो । गएको पुस १२ गते सार्वजनिक लेखा समितिले बीमा ऐन विपरीत बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषय सच्याउन भन्दै बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो । लेखा समितिको निर्देशन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई पत्राचार गरेको हो । हिमालयन रिइन्स्योरेन्सबाहेक अन्य जीवन बीमा कम्पनीले आफ्ना कर्मचारीलाई अंकित मूल्यमै र अन्य सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर बेचेको तथ्य बाहिर आएको छ । हिमालयन रिइन्स्योरेन्सले कुल तीन करोड कित्ता प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासनको अनुमति पाएको थियो । हिमालयन रि’ले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँ आईपीओ बिक्री गरेको हो । … Continue reading आईपीओमा प्रिमियमबापत सर्वसाधारणबाट उठाएको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed