इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेलाई वार्षिक ३ करोड तलब भत्ता, शेयरधनीको हात रित्तो

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीइओ पाण्डेलाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ दिएको हो । आवमा सीईओ पाण्डेले तलब बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार, दशै भत्ता २२ लाख ३३ हजार र सञ्चय कोष बापत १६ लाख ८ हजार रुपैयाँ सुविधा लिएका हुन् । बैंकका अनुसार सीईओको हकमा पानी, बिजुली र टेलिफोन महसुलको भुक्तानी बिल, सवारी चालक, इन्धन तथा मर्मत सम्भारसहित सवारी साधना सुविधा प्रदान गरिएको जनाएको छ । गत आर्थिक वर्षमा सीइओ पाण्डेले तलब १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार रुपैयाँ, दशैं भत्ता २२ लाख ३३ हजार रुपैयाँ र सञ्चय कोष १६ लाख ८ हजार रुपैयाँ बुझेका हुन् । यस्तै, जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा बैंकको कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम, कार्यकारी प्रमुखको लागि पत्रपत्रिकाको व्यवस्था गरिएको र कार्यकारी प्रमुखको लागि ३ जना सुरक्षा गार्ड दिइएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंठक भत्ता तथा अन्य सुविधाबापत २ लाख ८५ हजार रुपैयाँ बुझेका … Continue reading इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेलाई वार्षिक ३ करोड तलब भत्ता, शेयरधनीको हात रित्तो