इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेलाई वार्षिक ३ करोड तलब भत्ता, शेयरधनीको हात रित्तो

१४ चैत्र २०८०, बुधबार १२:२१

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीइओ पाण्डेलाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ दिएको हो ।

आवमा सीईओ पाण्डेले तलब बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार, दशै भत्ता २२ लाख ३३ हजार र सञ्चय कोष बापत १६ लाख ८ हजार रुपैयाँ सुविधा लिएका हुन् । बैंकका अनुसार सीईओको हकमा पानी, बिजुली र टेलिफोन महसुलको भुक्तानी बिल, सवारी चालक, इन्धन तथा मर्मत सम्भारसहित सवारी साधना सुविधा प्रदान गरिएको जनाएको छ ।

गत आर्थिक वर्षमा सीइओ पाण्डेले तलब १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार रुपैयाँ, दशैं भत्ता २२ लाख ३३ हजार रुपैयाँ र सञ्चय कोष १६ लाख ८ हजार रुपैयाँ बुझेका हुन् । यस्तै, जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा बैंकको कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम, कार्यकारी प्रमुखको लागि पत्रपत्रिकाको व्यवस्था गरिएको र कार्यकारी प्रमुखको लागि ३ जना सुरक्षा गार्ड दिइएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंठक भत्ता तथा अन्य सुविधाबापत २ लाख ८५ हजार रुपैयाँ बुझेका हुन् । उनले प्रतिबैठक भत्ता १५ हजार रुपैयाँ लिने गरेका छन् । अन्य सञ्चालकले भने भत्ता र अन्य सुविधा बापत २९ लाख ६४ हजार ४८० रुपैयाँ बुझेका छन् । सञ्चालकले प्रतिबैठक १२ हजार रुपैयाँ लिन गरेका छन् । यसका साथै अध्यक्ष र सञ्चालकले मासिक ५० लिटर इन्धन समेत बैंकले दिने गरेको छ ।

बैंकका अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापकहरूले भने तलब बापत २५ करोड ७७ लाख ९३ हजार, भत्ता १७ करोड ४८ लाख ८८ हजार, दसैँ भत्ता ३ करोड ३७ लाख ७१ हजार र सञ्चय कोष २ करोड ५७ लाख ७९ हजार रुपैयाँ बुझेका छन् । बैंकमा अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापकमा २४४ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित) 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*