सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । सर्वोत्तम सिमेन्टले गत असार मसान्तसम्मको वित्तीय विवरण गत पुसमा सार्वजनिक गरेको थियो । सो वित्तीय विवरणमा जम्मा २० करोड रुपैयाँ मात्रै मुनाफा रहेको थियो । कम्पनीले यही बैशाख १२ गते बार्षिक साधारणसभा गरी ६९ करोड ७५ लाख रुपैयाँ लाभांश वितरण गर्न लागेको छ । सो लाभांश शेयरधनीसँग लिएको प्रिमियमबाट वितरण गर्न लागेको हो । एकातिर वित्तीय विवरण समयमा प्रकाशित नगर्ने तर अर्कोतिर ६९ करोड रुपैयाँ मुनाफा वितरण गर्नुका पछाडि नियामक निकायलाई अध्यारोमा राख्न खोजेको देखिएको छ । सो सम्बन्धमा नेपाल स्टक एकसचेन्जका प्रबक्ता मुराहरि पराजुलीसँग सम्पर्क गर्दा समयमा वित्तीय विवरण प्रकाशन गराउने जिम्मेवारी नेप्सेको नभएको र धितोपत्र बोर्डको काम भएको जानकारी दिए । सर्वोत्तम सिमेन्टले चालु आवको पहिलो, दोस्रो र तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । कम्पनीले वित्तिय विवरण सार्वजनिक नगर्नुको कारणबारे जिज्ञाशा राख्दा सिईओ सन्तोष केसीलाई सम्पर्क गर्दा कुनै जवाफ दिएनन् । तर, कम्पनी स्रोतका अनुसार सर्वोत्तम सिमेन्ट कम्पनी भित्रभित्रै अप्ठेरो अवस्थामा पुगेको र पछिल्लो तीन महिनामा मात्रै करोडौं रुपैयाँ घाटामा गएकोले हिसाब किताब मिलाउने कार्य भइरहेको बताइन्छ । एकातिर कम्पनी घाटामा गएर डुब्ने अवस्थामा पुग्ने, … Continue reading सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै