सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै

४ बैशाख २०८१, मंगलवार १०:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

सर्वोत्तम सिमेन्टले गत असार मसान्तसम्मको वित्तीय विवरण गत पुसमा सार्वजनिक गरेको थियो । सो वित्तीय विवरणमा जम्मा २० करोड रुपैयाँ मात्रै मुनाफा रहेको थियो । कम्पनीले यही बैशाख १२ गते बार्षिक साधारणसभा गरी ६९ करोड ७५ लाख रुपैयाँ लाभांश वितरण गर्न लागेको छ । सो लाभांश शेयरधनीसँग लिएको प्रिमियमबाट वितरण गर्न लागेको हो ।

एकातिर वित्तीय विवरण समयमा प्रकाशित नगर्ने तर अर्कोतिर ६९ करोड रुपैयाँ मुनाफा वितरण गर्नुका पछाडि नियामक निकायलाई अध्यारोमा राख्न खोजेको देखिएको छ । सो सम्बन्धमा नेपाल स्टक एकसचेन्जका प्रबक्ता मुराहरि पराजुलीसँग सम्पर्क गर्दा समयमा वित्तीय विवरण प्रकाशन गराउने जिम्मेवारी नेप्सेको नभएको र धितोपत्र बोर्डको काम भएको जानकारी दिए ।

सर्वोत्तम सिमेन्टले चालु आवको पहिलो, दोस्रो र तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । कम्पनीले वित्तिय विवरण सार्वजनिक नगर्नुको कारणबारे जिज्ञाशा राख्दा सिईओ सन्तोष केसीलाई सम्पर्क गर्दा कुनै जवाफ दिएनन् । तर, कम्पनी स्रोतका अनुसार सर्वोत्तम सिमेन्ट कम्पनी भित्रभित्रै अप्ठेरो अवस्थामा पुगेको र पछिल्लो तीन महिनामा मात्रै करोडौं रुपैयाँ घाटामा गएकोले हिसाब किताब मिलाउने कार्य भइरहेको बताइन्छ । एकातिर कम्पनी घाटामा गएर डुब्ने अवस्थामा पुग्ने, अर्कोतिर शेयर प्रिमियममा उठाएको रकमबाट लाभांश वितरण गर्ने र अर्कोतिर वित्तीय विवरण लुकाएर सर्वसाधारणलाई गुमराहमा पार्ने कार्य भइरहँदा समेत नियामक निकाय नेपाल धितोपत्र बोर्डमाथि गम्भिर प्रश्न चिन्ह उठेको छ ।

केही समय पहिले चर्को विरोध हुँदा हुँदै गैर कानुनी रुपमा जारी गरेको बुक बिल्डिङ आईपिओमाथि धेरै निकायमा छानविनकै क्रममा रहेको छ । छानविनमै रहेको कम्पनीबाट हुने अर्को अपराध रोक्न सेबोन सफल होला आशंकाहरु उब्जिएका छन् ।

One thought on “सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*