‘पाथीभरामाथि’ एकपछि अर्को प्रहार, लालिगुराँसको फँडानीपछि ‘पुरातात्त्विक महत्वका’ घण्टी बेच्न टेण्डर
काठमाडौं । हिन्दु र किराँतहरुको आस्थाको धरोहर पाथीभरा मन्दिरको सभ्यता मास्न राज्य संयन्त्रबाटै एक पछि अर्को प्रहार हुन थालेको छ । राष्ट्रय फूलका रुपमा रहेको लालिगुराँस सखाप पारेको घटना सेलाउन नपाउँदै परातात्विक महत्वका पूराना घण्टी लिलाम गर्ने खेलो सुरु भएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिलबन्दी बोलपत्र पेश गर्न भनी आह्वान गरेको छ । ‘पुराना घण्टी जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्नुपर्ने भएको हुनाले इच्छुक व्यक्ति वा फर्महरूबाट पुस १३ गते १२ः३० बजेभित्र सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ’, सूचनामा भनिएको छ । पुरानो घण्टी प्रतिकिलो ३८० रुपैयाँमा बिक्री हुने र लिलाम बिक्री हुने सामान हेर्न बुझ्न चाहनेले मङ्सिर १६ गतेदेखि पुस १२ गतेसम्म विदाको दिनबाहेक कार्यालयमा सम्पर्क गर्न सक्ने समितिले जनाएको छ । त्यसरी विक्री गर्न लागिएका घण्टीमा केही पुरातात्त्विक महत्वका समेत रहेको बुझिएको छ । समितिका अध्यक्ष रक्की थेबे (लिम्बु)ले भने दुई चार वर्ष यता चढाइएका घण्टीहरु लिलाम विक्री गर्न लागिएको बताए । लिलाम विक्रीका दौरान पुरातात्विक महत्वका घण्टी वा सरसामान सुरक्षित रहन्छन् भन्ने के ग्यारेन्टी ? जवाफमा उनले भने, ‘त्यो किटबाट बनेका घण्टीहरु हामीले चिनेर पहिल्यै छुट्याएर राखेका छौँ । ५० वर्ष भन्दामाथि समय नाघेका घण्टीहरु धेरै त छैनन् । जति छन् … Continue reading ‘पाथीभरामाथि’ एकपछि अर्को प्रहार, लालिगुराँसको फँडानीपछि ‘पुरातात्त्विक महत्वका’ घण्टी बेच्न टेण्डर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed