शिखरमा गौशाला विवादः उपमेयर जोराद्वारा हरिप्रसाद बिनाडीलाई धम्की, पारिश्रमिक नलिई फिर्ता

काठमाडौँ । शिखर नगरपालिकाकी उपमेयर सुनिता जोरा रावल र गौशालामा काम गरेका हरिप्रसाद बिनाडीबीच पारिश्रमिक र जिम्मेवारीको विषयमा गम्भीर विवाद उत्पन्न भएको छ । नगरपालिकाले गौशाला सञ्चालनका लागि बिनाडीलाई जिम्मेवारी दिएको थियो । बिनाडीले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै आफ्नो काम छोड्ने निर्णय गरेका थिए । बिनाडीले गाई आफु पाल्न नसक्ने बताउँदै सोमबार नगरपालिकामा ल्याएर गाईबस्तु छोडिएका थिए । बिनाडीले भने, ‘मैले नगरपालिकाको भने अनुसार काम गरी रहेको थिए । मलाई गौशालाका लागि ८ लाख रुपैयाँ दिने भनेको थियो । जसमा ३ लाख मात्रै दिइयो। त्यो पनि गाईबस्तुको खर (पराल) लिनको लागि खर्च भयो । दुई गोठाला दिने भनेको थियो त्यो पनि दिएन । एक्लै मान्छे अब गाई पाल्न नसक्ने हुँदा नगरपालिका ल्याएर छोडेको हुँ ।’ उनको भनाइमा नगरपालिकाले गाई संकलन गर्ने कामका लागि उनलाई जिम्मेवारी दिएको थियो, तर त्यो जिम्मेवारी पूरा गर्नका लागि चाहिने आवश्यक संसाधन र पारिश्रमिक दिइएन । बिनाडीले गाईहरु आफ्नो निजि गोठमा राखेका थिए । नगरपालिकाले उनको गोठको पैसा त परैको कुरा पारिश्रमिक समेत नदिएको बिनाडीको गुनासो रहेको छ । नगरपालिकाले उनले गरेको कामको मूल्याङ्कन गर्नुको साटो उल्टै उपमेयरले थर्काएर घर फर्काएकी छिन् । उपमेयरले बिनाडीलाई प्रहरी चौकी लगेर थुन्ने धम्की दिएकी हुन् । स्रोतका अनुसार उपमेयर जोराले बिनाडीलाई, ‘तपाईलाई यी गाई नगरपालिका ल्याएर छोड्ने अधिकार कस्ले … Continue reading शिखरमा गौशाला विवादः उपमेयर जोराद्वारा हरिप्रसाद बिनाडीलाई धम्की, पारिश्रमिक नलिई फिर्ता