शिखरमा गौशाला विवादः उपमेयर जोराद्वारा हरिप्रसाद बिनाडीलाई धम्की, पारिश्रमिक नलिई फिर्ता

काठमाडौँ । शिखर नगरपालिकाकी उपमेयर सुनिता जोरा रावल र गौशालामा काम गरेका हरिप्रसाद बिनाडीबीच पारिश्रमिक र जिम्मेवारीको विषयमा गम्भीर विवाद उत्पन्न भएको छ । नगरपालिकाले गौशाला सञ्चालनका लागि बिनाडीलाई जिम्मेवारी दिएको थियो । बिनाडीले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै आफ्नो काम छोड्ने निर्णय गरेका थिए ।
बिनाडीले गाई आफु पाल्न नसक्ने बताउँदै सोमबार नगरपालिकामा ल्याएर गाईबस्तु छोडिएका थिए । बिनाडीले भने, ‘मैले नगरपालिकाको भने अनुसार काम गरी रहेको थिए । मलाई गौशालाका लागि ८ लाख रुपैयाँ दिने भनेको थियो । जसमा ३ लाख मात्रै दिइयो। त्यो पनि गाईबस्तुको खर (पराल) लिनको लागि खर्च भयो । दुई गोठाला दिने भनेको थियो त्यो पनि दिएन । एक्लै मान्छे अब गाई पाल्न नसक्ने हुँदा नगरपालिका ल्याएर छोडेको हुँ ।’
उनको भनाइमा नगरपालिकाले गाई संकलन गर्ने कामका लागि उनलाई जिम्मेवारी दिएको थियो, तर त्यो जिम्मेवारी पूरा गर्नका लागि चाहिने आवश्यक संसाधन र पारिश्रमिक दिइएन । बिनाडीले गाईहरु आफ्नो निजि गोठमा राखेका थिए । नगरपालिकाले उनको गोठको पैसा त परैको कुरा पारिश्रमिक समेत नदिएको बिनाडीको गुनासो रहेको छ । नगरपालिकाले उनले गरेको कामको मूल्याङ्कन गर्नुको साटो उल्टै उपमेयरले थर्काएर घर फर्काएकी छिन् ।
उपमेयरले बिनाडीलाई प्रहरी चौकी लगेर थुन्ने धम्की दिएकी हुन् । स्रोतका अनुसार उपमेयर जोराले बिनाडीलाई, ‘तपाईलाई यी गाई नगरपालिका ल्याएर छोड्ने अधिकार कस्ले दियो ? तपाईलाई प्रहरी चौकि लगेर थुन्छु । अब घर गए हुन्छ मैले अर्को मान्छे खोजिसकेको छु । अब गौशाला निर्माणको काम अरुले नै पाउँछ । तपाईको काम छैन सबै गाई लिएर हाम्रो बदनाम गराउन खोजेको हो ? अरुले उस्काएको भरमा यस्तो गर्ने ?।’
यता, उपप्रमुख रावल भने बिनाडीलाई गौशालाका लागि अर्को मान्छे खोजि सकेको भनेर मात्र फिर्ता पठाएको बताइन । उनले भनिन्, ‘६०।७० वर्षको बुढो मान्छे हुुनुुहुन्छ । मैले थर्काएको छैन । तपाईलाई गाई नगरपालिका छोड्ने अधिकार कस्ले दियो । अब हामीले अर्को मान्छे खोजि सकेका छौ । तपाई जानुहोस् भनेर फिर्ता पठाएका हौं ।’
मंगलबार नगरपालिकाले ५ लाख ८७ हजारको अनुमान तयार गर्दै नयाँ गौशाला निर्माणको निर्णय गरेको छ । यस निर्णयपछि गौशाला बनाउने जिम्मा अरुलाई दिने निर्णय गरिएको छ । यो विवाद त्यहाँ बसोबास गर्ने अन्य नागरिकहरूको लागि पनि चासोको विषय बनिरहेको छ ।
सोमबार बिनाडीले नगरपालिकामा छोडेका गाईबस्तु मंगलबार राति उपमेयर जोरासहित तीन महिला गाई लगेर धुर्कोट वडा नं. ४ मा पुगेका थिए । उपमेयर रावल प्रहरी बोकेर गाई छोड्न वडा न ४ धुर्कोट पुगेकी थिइन् । सो क्रममा स्थानिय र नगरका प्रतिनिधीबीच केहि सामान्य विवाद भएको स्थानियहरुको भनाइ रहेको छ ।
उपमेयरले धुर्कोटमा गाई छोडेर फर्किएसँगै सो क्षेत्रका किसानका खेतिपातिमा क्षति भएको छ । अहिलेसम्म सो गाई कस्ले पाल्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन । गौशालाको विषयलाई अन्तिम रुप दिन नगरका प्रतिनिधिसहित भोलि अर्थात् माघ २४ गते छलफल रहेको वडा न ४ का अध्यक्ष टेक बहादुर मल्लले बताए ।
Gausala ko lagu xutiya ko rakam t Pura garna Lai up mear le aadai khaya ko hunu parx tesai le bich mq bhuke kk hunu parx