मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न
काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्र आज मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ । काठमाडौँ जिल्ला अदालत नजिकै रहेको मुख्य पाइप फुट्दा बन परिसर, विशेष अदालत र काठमाडौँ जिल्ला अदालतलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । सो पाइप फुटेपछि काठमाडौँको खानेपानी वितरण अवरुद्ध भएको छ भने स्थानीय बासिन्दा र कार्यालयहरू प्रभावित भएका छन् । मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुले सरकारी पूर्वाधारको गुणस्तर र काम गर्ने तरिकामा गम्भीर प्रश्न खडा गरेको छ । अव्यवस्थित रूपमा गरिएका कामका कारण यस्तो अवस्था आएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । हालै काठमाडौँमा बिजुलीका तारहरू अन्डरग्राउन्ड गर्नेदेखि लिएर पानीका पाइपहरू भूमिगत राख्ने काम भइरहेको छ, तर उचित योजना र निगरानीको अभावमा यस्ता परियोजनाहरू दिगो बन्न नसकेको देखिएको छ । बबरमहल क्षेत्रमा जलमग्न अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । यद्यपि, सरकारी निकायले दिगो समाधानतर्फ ध्यान नदिँदा भोलि अझ गम्भीर क्षति हुनसक्ने चिन्ता बढेको छ । स्थानीयहरूका अनुसार पाइप फुटेर आएको क्षतिले मेलम्ची खानेपानी आयोजनाको गुणस्तरमाथि पनि प्रश्न उठाएको छ । खानेपानी वितरण प्रणालीमा दीर्घकालीन योजना र उच्च गुणस्तरको सामग्रीको प्रयोग नगरीकन यस्ता समस्या दोहोरिरहनेछन् । वर्तमानमा गरिएको काम अव्यवस्थित र कम गुणस्तरीय हुँदा दिगो समाधानको सट्टा थप समस्याहरू निम्त्याइरहेको छ । स्थानीय बासिन्दा र विज्ञहरूले सरकारले दीर्घकालीन सोच राखेर पूर्वाधार निर्माण … Continue reading मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed