व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: दुई कम्पनीको कर्जा र निक्षेप दुबै घट्यो, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले बढेको देखिएको हो । गत आर्थिक बर्ष २०८०।०८१ को असार मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । उक्त निक्षेप चालु आवको माघ मसान्तसम्म बढेर ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको माघ समान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो निक्षेप संकलन सबैभन्दा बढी रहेको छ । ६ महिनामा कम्पनीको निक्षेप २४ अर्ब रुपैयाँले बढ्दै ५ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ । साउनदेखि माघसम्ममा नबिल बैंकको निक्षेप संकलन ३० अर्बले बढ्दै ४ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आक्रमक देखिएको छ । बैंकले निक्षेप ४० अर्ब ८७ करोड रुपैयाँ बढाएर ४ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ । यसै ७ महिनाको अवधिमा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १५ अर्ब, कुमारी बैंकले ११ अर्ब, लक्ष्मी सनराइज बैकले १३ अर्ब, नेपाल बैंकले २१ अर्ब, हिमालयन बैंकले ३ अर्ब, एनएमबि बैंकले ३३ अर्ब, एभरेष्ट बैंकले २७ अर्ब, कृषि विकास … Continue reading व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: दुई कम्पनीको कर्जा र निक्षेप दुबै घट्यो, कुनको कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed