व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: दुई कम्पनीको कर्जा र निक्षेप दुबै घट्यो, कुनको कति ?

४ फाल्गुन २०८१, आईतवार १७:२१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले बढेको देखिएको हो ।

गत आर्थिक बर्ष २०८०।०८१ को असार मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । उक्त निक्षेप चालु आवको माघ मसान्तसम्म बढेर ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको माघ समान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो निक्षेप संकलन सबैभन्दा बढी रहेको छ । ६ महिनामा कम्पनीको निक्षेप २४ अर्ब रुपैयाँले बढ्दै ५ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ ।

साउनदेखि माघसम्ममा नबिल बैंकको निक्षेप संकलन ३० अर्बले बढ्दै ४ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आक्रमक देखिएको छ । बैंकले निक्षेप ४० अर्ब ८७ करोड रुपैयाँ बढाएर ४ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ ।

यसै ७ महिनाको अवधिमा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १५ अर्ब, कुमारी बैंकले ११ अर्ब, लक्ष्मी सनराइज बैकले १३ अर्ब, नेपाल बैंकले २१ अर्ब, हिमालयन बैंकले ३ अर्ब, एनएमबि बैंकले ३३ अर्ब, एभरेष्ट बैंकले २७ अर्ब, कृषि विकास बैंकले १३ अर्ब, प्राइम बैंकले २३ अर्ब, सानिमा बैंकले १४ अर्ब, सिटिजन्स बैंकले ९ अर्ब, नेपाल एसबिआई बैंकले ६ अर्ब, माछापुच्छ्रेले ७ अर्ब र स्टान्र्डड चार्टडले ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो ।

 (रु अर्बमा)

यता, निक्षेप एनआइसी एशियाको ५८ अर्ब, प्रभूको ३ अर्ब र सिद्धार्थ बैंकको १ अर्ब ६० करोड रुपैयाँले निक्षेप घटेको छ ।

कर्जा लगानीमा ग्लोबल र एभरेष्ट आक्रामक, तीन वटाको घट्यो 

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ खर्ब ५६ अर्ब रुपैयाँले बढेर ४४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । गत असाससम्ममा बैंकहरुले ४५ खर्ब ७० करोड कर्जा प्रवाह गरेका थिए ।

यसअवधिमा सर्वाधिक कर्जा लगानी गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । ९ महिनामा बैंकले आफ्नो कर्जा लगानी ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा विस्तार गरेको संघले जारी गरेको तथ्याङ्कमा उल्लेख गरेको छ ।
सर्वाधिक कर्जा लगानी गर्ने दोस्रो नम्बरमा रहेको एभरेष्ट बैंकले ३४ अर्ब रुपैयाँ प्रवाश गरेको छ ।

यता, एनएमबि बैंकले पनि २७ अर्ब, नबिल बैंकले २३ करोड, लक्ष्मी सनराइज बैंकले २२ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २१ अर्ब, प्राइम बैंकले १८ अर्ब, नेपाल बैंकले १६ अर्ब, सिद्धार्थ बैंकले १३ अर्ब, माछापुच्छ्रे बैंकले १२ अर्ब र सानिमाले ११ अर्ब कर्जा लगानी गरेका छन् ।

(रु अर्बमा)

(रु अर्बमा)

एनआइसी एशियाको कर्जा लगानी ३२ अर्ब ८८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ७९ करोड र प्रभू बैंकको १ अर्ब ५८ करोड रुपैयाँ घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*