लिपमोटर र सिट्रोन ब्रान्डका ईभीले चम्किदै नेपाली अटोबजार, सांग्रिला मोटर्सको व्यापारमा उछाल
काठमाडौँ । सांग्रिला मोटर्सको व्यापारमा उल्लेख्य सुधार आएको छ । नेपाली अटो बजारमा सिट्रोन, प्यूजो र लिपमोटर ब्रान्डका गाडी बिक्री वितरण गर्दै आइरहेको मोटर्सको आम्दानीमा उछाल आएको हो । इन्फोमेरिक्स नेपालको प्रतिवेदन अनुसार वर्षदिनको अवधिमा कम्पनीको व्यापार १८५.७६ प्रतिशतले बढेको हो । सन् २०२३ मा २८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको सांग्रिलाले सन् २०२४ मा ८२ करोड ३० लाख रुपैयाँ पुगेको हो । कम्पनीले सन् २०२२ मा ३८ करोड ५० लाख र सन् २०२१ मा ४१ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार वृद्धिमा लिपमोटर सी १० र सिट्रोन ई–सी३ प्रमुख कारण बनेको छ । चीनको चौथो ठूलो विद्युतीय सवारी साधन निर्माता लिपमोटरले उत्पादन गरेको सी १० मोडेल नेपाली ग्राहक माझ अत्यधिक लोकप्रिय रहँदै आएको छ । उत्कृष्ट डिजाइन, बलियो प्रदर्शन र नवीन प्रविधिका कारण ग्राहकहरू यसको विशेषताबाट आकर्षित भएका छन् । नेपाली बजारमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीमध्ये सी १० अग्रस्थानमा रहँदै आएको छ, जसले सांग्रिला मोटर्सको समग्र कारोबार उकास्न मद्दत गरेको छ । लिपमोटर सी १० को मूल्य ७२ लाख रुपैयाँ रहेको छ, जसमा ६९.९ किलोवाट ब्याट्री, १६० किलोवाट पावर, ३२० एनएम टर्क, ४२० किमी रेन्ज, १९० मिमी ग्राउन्ड क्लियरेन्स जस्ता उन्नत विशेषताहरू छन् । सुरक्षा मापदण्डमा अब्बल मानिएको यो मोडेल स्टार एनक्याप सुरक्षा रेटिङयुक्त छ … Continue reading लिपमोटर र सिट्रोन ब्रान्डका ईभीले चम्किदै नेपाली अटोबजार, सांग्रिला मोटर्सको व्यापारमा उछाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed