एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा
काठमाडौँ । नेपाली अटो बजारमा भित्रिएका एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबस (ईभी) हरूको सुरक्षा मापदण्डमा गम्भीर प्रश्न उठेको छ । एसआरएम ब्रान्डका सवारीसाधनहरू निरन्तर दुर्घटनामा पर्दा यात्रुहरूको ज्यान जोखिममा परेको तथ्य सतहमा आएइरहेको हो । भिजि मोटर्स नामक कम्पनीले चिनियाँ एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबसहरू नेपालमा आयात गरी बिक्री वितरण गर्दै आएको छ । आकर्षक डिजाइन र तुलनात्मक रूपमा केही सस्तो मूल्यका कारण प्रारम्भिक चरणमा बजार तान्न सफल भए पनि यी सवारीसाधनहरूमा प्रयोग भएको प्रविधि, निर्माण सामग्रीको गुणस्तर र सुरक्षा प्रणाली अत्यन्तै कमजोर रहेको पछिल्ला दुर्घटनाहरूले पुष्टि गर्दै लगेका छन् । नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्था, कच्ची तथा साँघुरा सडकहरू र बारम्बार आइरहने मौसम परिवर्तनजस्ता पक्षहरूलाई बेवास्ता गर्दै पर्याप्त परीक्षणबिना नै बजारमा उतारिएका यी सवारीहरूले गम्भीर सुरक्षा चुनौती थपेका छन् । कम्पनीले नेपालजस्तो विशिष्ट भौगोलिक र सडक पूर्वाधार भएको मुलुकका लागि आवश्यक पर्ने विशेष किसिमको परीक्षण र सुधार नगरी सिधै बजारमा ल्याउँदा दुर्घटनाको जोखिम बढाएको हो । हालसालै भोजपुरबाट धरानतर्फ जाँदै गरेको एसआरएम ईभी माइक्रो पाख्रीबास नगरपालिका अन्तर्गत देबिथान नजिक, चिसाङ खोला पारिपट्टि भाउन्ने भन्ने स्थानमा दुर्घटनाग्रस्त भयो । यसैगरी, अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३, अर्चलनेता भन्ने ठाउँमा जन्ती बोकेको एसआरएम ब्रान्डकै अर्को माइक्रोबस दुर्घटनामा प¥यो । साथै, एसआरएमको धनकुटा नगरपालिका ९ मुलघाटमा समेत दुर्घटनामा परेको छ । यी घटना पछिल्ला उदाहरण मात्र हुन् … Continue reading एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed