मुस्ताङमा बरामद भेपको मुख्य तस्करीलाई खोजी गर्न सरकारकै आनाकानी, कसले गर्यो सेटिङ !

काठमाडौं । नेपालमा प्रतिबन्धित भेप तस्करीको मुख्य जालो पत्ता लगाउन सरकार असफल देखिएको छ । यही जेठ १ गते मुस्ताङको कोरोला नाकाबाट नेपाल प्रवेश गरेको दुई ट्रक भेपको वास्तविक आयातकर्ता र तस्करीमा संलग्न मुख्य योजनाकारसम्म पुगेर अनुसन्धान गर्न तथा गराउन सरकार चुकेको छ । अझ सरकारले उक्त काण्ड विगत तीन सातादेखि छानविन समेत नगरी त्यतिकै उन्मुक्ति दिने प्रयास भइरहेकोले मुस्ताङको भेप काण्ड सेटिङमा भएको आशंका उब्जिएको छ । मुस्ताङस्थित कोरोला नाकाबाट जेठ १ गते मध्यराति सेटिङमा नेपालतर्फ ल्याइदै गरेको एक लाख २० हजार थान भेप तस्करी काण्ड झिसमिस पार्न खोजिएको पाइएको छ । सो घटनाको सम्बन्धमा हालसम्म प्रहरीलाई समेत अनुसन्धान गर्न दिइएको छैन । मुस्ताङस्थित भन्सार कार्यालयका एक सामान्य अधिकृतबाट छानविन भइरहेको छ । तस्करी गरेर ल्याइएको सामान भएकोले तत्कालै नेपाल प्रहरी वा प्रहरीकै सिआईबीमार्फत अथवा राजश्व अनुसन्धान विभागमार्फत छानविन हुनुपर्नेमा विस्तृत छानविन गर्न सरकार चुकेको छ । भेप काण्डको विस्तृतमा छानविन नहुनुले सरकारको नियतमाथि प्रश्न मात्रै उठेको छैन कतै सरकार वा सरकारको नेतृत्व गरिरहेको पार्टीका उच्च वा नेतृत्वबाटै भेप तस्करी काण्डको संरक्षण प्राप्त भइरहेको छैन ? प्रश्न उठेको छ । बीमापोष्टलाई प्राप्त सूचनामा एक माओवादी निकट व्यक्तिसँग मिलेर उत्तरी नाकाबाट सेटिङको काम गर्दै आइरहेका व्यक्ति पटक पटक हेलिकोप्टर चढेर मुस्ताङ घुम्दै भेपको सेटिङ मिलाइरहेका छन् । तर, छानविनमा प्रहरी … Continue reading मुस्ताङमा बरामद भेपको मुख्य तस्करीलाई खोजी गर्न सरकारकै आनाकानी, कसले गर्यो सेटिङ !