सञ्चार मन्त्रीलाई साक्षी राखेर करोडौंको ब्रम्हलूट, सरकारले नै रोक्यो निःशुल्क हेर्न पाउने सुविधा

काठमाडौं । यतिबेला नेपालको सूचना तथा सञ्चार मन्त्री छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम तिमिल्सिना । राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचार, पारदर्शीता र जनतालाई ठगेर ब्रम्हलूट मच्चाउने जोसुकैलाई कारवाही गर्न प्रतिबद्धता जाहेर गरेको पार्टी हो । तर हिजोदेखि सुरु भएको विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रशारणमा एकाधिकार कायम गरी ब्रम्हलूट मच्चाउने तत्वहरुले सञ्चार मन्त्री तिमिल्सिनालाई नै साक्षी राखेर आफ्नो धन्दा चलाइरहेको तथ्य प्रमाणहरुले देखाएको छ । विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण विश्वभरका मानिसहरुले टेलिभिजनमा हेरिरहेका छन् । कैयौं देशहरुमा निःशुल्क छ भने केही देशहरुमा शुल्क असुल गरिएको छ । नेपालबाट नजिकै रहेको बंगलादेशमा फिफा विश्वकप पूर्ण रुपमा निःशुल्क चलिरहेको छ भने नेपालमा प्रत्येक टेलिभिजनका लागि झण्डै एक हजार रुपैयाँ शुल्क तोकिएको छ । हिमालयन स्पोट्र्सले पाएको प्रशारण अधिकारलाई वल्र्डलिङ्कसहितका च्यानलहरु व्यापक आम्दानीको माध्यम बनाएका छन् । रोचक तथ्य के छ भने यति ठूलो काण्डमा सूचना तथा सञ्चार मन्त्रालय आफै प्रत्यक्ष संलग्न भएको पाइएको छ । सञ्चार मन्त्रालयको पत्रको हवाला दिँदै नेपाल दुरसञ्चार प्राधिरणले विश्वकप फुटबल निःशुल्क हेर्न मिल्ने केही साइटहरु तत्काल बन्द गर्न निर्देशन दिएसँगै यसको रहस्य खुलेको हो । सो सम्बन्धमा सञ्चार मन्त्रालयले केही बताउन चाहेको छैन । दुई दिनअघि बीमापोष्टले मन्त्रालयका अधिकारीसँग सम्पर्क गर्दा विश्वकप फुटबल प्रशारण गर्न र अतिरिक्त शुल्क लिने सम्बन्धमा कसैले पनि अनुमति नलिएको भन्दै पन्छिएका थिए । … Continue reading सञ्चार मन्त्रीलाई साक्षी राखेर करोडौंको ब्रम्हलूट, सरकारले नै रोक्यो निःशुल्क हेर्न पाउने सुविधा