शेयर बजारका सडक छापामारहरू रातारात अर्बपति, सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा पर्लान् ?
समाचार टिप्पणी काठमाडौँ ।नेपालको शेयर बजार फेरि एकपटक त्रास र अन्योलको केन्द्रमा पुगेको छ । नयाँ सरकार गठनसँगै बजारले निरन्तर ओरालो यात्रामा लागि रहेको हो । लगातारको गिरावटले लगानीकर्तालाई झन् चिन्तित बनाएको छ । विगतमा राजनीतिक परिवर्तन, अर्थमन्त्रीको नियुक्ति वा आर्थिक सूचकांकमा सुधार देखिँदा उत्साहित हुने बजार अहिले भने फरक कारणले दबाबमा देखिएको छ । यसपटक बजारलाई असर गर्ने प्रमुख विषय आर्थिक सूचकांक, ब्याजदर वा तरलता अभाव नभई सम्पत्ति शुद्धीकरण अनुसन्धान, वित्तीय अपराधविरुद्धको सरकारी अभियान र ठूला लगानीकर्तामाथि बढ्दो निगरानी हो । बजारका धेरै सहभागीहरू अहिले नेप्सेको घट्दो सूचक मात्र नभई सरकारको आगामी कदमलाई समेत नियालिरहेका छन् । पछिल्ला महिनाहरूमा धितोपत्र कारोबार, बीमा कसुर तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान तीव्र बनेको छ । दीपक भट्ट, शुलभ अग्रवाललगायत विभिन्न व्यक्तिविरुद्ध अनुसन्धान र मुद्दा दायर भएपछि बजारमा मनोवैज्ञानिक दबाब बढेको विश्लेषण भइरहेको छ । बजार घट्नु केवल सामान्य प्राविधिक करेक्सन मात्र नभई लगानीकर्ताको मनोविज्ञानमा परेको प्रभावको परिणामका रूपमा हेरिएको छ । किनभने पछिल्ला केही सातायता बजार ठूलो उतारचढावबिना सीमित दायरामा चलिरहेको थियो । तर राजनीतिक रूपमा प्रभावशाली मानिने नेतामाथि अनुसन्धानको दायरा पुगेसँगै लगानीकर्तामा थप त्रास देखिएको छ । विगतलाई हेर्ने हो भने विष्णु पौडेल र शेयर बजारबीच विशेष सम्बन्ध रहेको जस्तो देखिन्छ । २०८० फागुन २१ मा कम्युनिस्ट गठबन्धनको सरकार बन्ने र … Continue reading शेयर बजारका सडक छापामारहरू रातारात अर्बपति, सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा पर्लान् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed