वाणिज्य बैंकहरूको बेस रेटमा लगातार गिरावट, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
काठमाडौँ । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता, कमजोर कर्जा माग र निक्षेपको ब्याजदरमा आएको गिरावटका कारण २० वटै वाणिज्य बैंकको बेस रेट ओरालो लागिरहेको हो । चालु आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको औसतका आधारमा वाणिज्य बैंकहरूको औसत बेस रेट पहिलो पटक ५ प्रतिशतभन्दा तल झरेर ४.९७ प्रतिशतमा पुगेको छ । बैंकहरूले यही तीन महिनाको औसत आधार दरमा निश्चित प्रिमियम थपेर आगामी महिनाका लागि कर्जाको ब्याजदर निर्धारण गर्ने भएकाले नयाँ ऋण लिने तथा परिवर्तनीय ब्याजदरमा रहेका ऋणीलाई केही राहत पुग्ने छ । हाल बैंकहरूले कर्जाको प्रकृतिअनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्दै आएका छन् । आधार दर घटेसँगै समग्र कर्जा लागत पनि क्रमशः सस्तो बन्दै जाने देखिएको छ । बैंकिङ प्रणालीमा अहिले तरलताको अभाव नभई लगानीको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ । आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा निजी क्षेत्रबाट कर्जाको माग कमजोर बनेको छ । त्यसैले बैंकहरूले निक्षेप आकर्षित गर्न उच्च ब्याजदर दिनुपर्ने दबाब हटेको छ र निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । यही कारण आधार दर पनि निरन्तर घटिरहेको हो । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन् । तर … Continue reading वाणिज्य बैंकहरूको बेस रेटमा लगातार गिरावट, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed