पूर्वीचौकी गाउँपालिका: खाजा–गाडी भाडा र अतिथि सत्कारमा ७० लाख खर्च, सवारी मर्मत मै ४५ लाख स्वाहा
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अतिथि सत्कार, विविध खर्च तथा सवारी साधन मर्मतमा गरेको खर्चप्रति महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ। प्रतिवेदनमा पालिकाले आन्तरिक आयको आकार, मितव्ययिता, कार्यदक्षता तथा खर्चको औचित्यलाई धज्जी उठाउदै सरकारी रकम खर्च गरेको पाइएको हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ ले प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता र औचित्य कायम हुने व्यवस्था मिलाउनुपर्ने जिम्मेवारी दिएको छ। तर पूर्वीचौकी गाउँपालिकाले चालु आर्थिक वर्षमा विविध खर्चअन्तर्गत अतिथि सत्कारमा मात्रै १५ लाख ६५ हजार १७४ रुपैयाँ खर्च गरेको देखिएको छ। उक्त रकम पालिकाको आन्तरिक आयको ७३.८ प्रतिशत बराबर हो। पालिकाले यस आर्थिक वर्षमा वडा नम्बर ६ मा वडा अध्यक्षको पुनः उपनिर्वाचन भएका कारण अतिथि सत्कारतर्फ उक्त रकम खर्च भएको जनाएको छ। यद्यपि महालेखा परीक्षकले पालिकाले आफ्नो आन्तरिक आयको आकार र कर्मचारी तथा जनप्रतिनिधिको सुविधा बीच आवश्यक तादम्यता मिलाई चालु खर्चलाई व्यवस्थित तथा मापदण्डमा आधारित बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। प्रतिवेदनमा पालिकाले खाना, खाजा, गाडी भाडा, मसलन्द, सभा सञ्चालन तथा अन्य विविध शीर्षकमा ५४ लाख ७७ हजार २१४ रुपैयाँ खर्च गरेको पनि उल्लेख छ। यो रकम पालिकाको २० लाख २१ हजार ४९ रुपैयाँ ५८ पैसा रहेको आन्तरिक आयको करिब २७१ प्रतिशत बराबर हो। महालेखा परीक्षकले … Continue reading पूर्वीचौकी गाउँपालिका: खाजा–गाडी भाडा र अतिथि सत्कारमा ७० लाख खर्च, सवारी मर्मत मै ४५ लाख स्वाहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed