व्यवसायीसँग बालेनको पहिलो संवाद: ‘अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र राख्छौं, धरपकड गर्ने उद्देश्य छैन’

काठमाडौं । बालेन शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग औपचारिक छलफल गरेका छन्। सरकारका पछिल्ला कदमप्रति उद्योगी–व्यवसायीबाट चर्को असन्तुष्टि र चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा लामो छलफल गरेका हुन्। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा पदाधिकारी सहभागी थिए। प्रधानमन्त्री शाह गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएदेखि नै निजी क्षेत्रसँग प्रत्यक्ष संवाद नगरेको भन्दै आलोचना हुँदै आएको थियो। बैठकपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीसँग नेपालको अर्थतन्त्र, निजी क्षेत्रको मनोबल र लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार लामो समयदेखि देखिएको व्यवसायिक वातावरण, उद्योग–व्यवसायमा देखिएका चुनौती, सरकारले आगामी दिनमा अवलम्बन गर्ने आर्थिक तथा औद्योगिक नीति, व्यवसायीका गुनासा तथा लगानीमैत्री वातावरण निर्माण र सहजीकरणका उपायबारे विस्तृत रूपमा छलफल भएको बताए । अग्रवालले भने, ‘पहिलो पटक निजी क्षेत्रका तीनवटा संस्थाका अध्यक्ष र पदाधिकारीसहित आज धेरै लामो छलफल भएको हो। समग्र छलफल नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने, अहिले देखिएको आर्थिक शिथिलताको अन्त्य कसरी गर्ने, निजी क्षेत्रको मनोबल कसरी बढाउने र के–के कारणले निजी क्षेत्रको मनोबल खस्किएको छ, ती विषयलाई कसरी समाधान गर्ने भन्नेमा केन्द्रित थियो।’ शाहले निजि क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने … Continue reading व्यवसायीसँग बालेनको पहिलो संवाद: ‘अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र राख्छौं, धरपकड गर्ने उद्देश्य छैन’