कमजोर सिस्टमका कारण घट्दै ईसेवाका प्रयोगकर्ता, १० महिनाको व्यापार १५ करोडमा खुम्चियो

काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी सेवाको क्षेत्रमा एक समय अग्रणी मानिएको ईसेवाको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर दबाबमा परेको देखिएको छ । कमजोर सिस्टमका कारण पटक–पटक सेवामा आइरहेको गडबढीले विश्वनियतमाथि निरन्तर धक्का लाग्दा व्यापार ओरालो लाग्दै गएको हो । ईसेवाले गत आर्थिक वर्षको १० महिनामा जम्मा १५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको आम्दानी पछिल्ला केही वर्षदेखि लगातार घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७९/८० मा घटेर २३ करोड ५० लाख रुपैयाँमा सीमित भयो ।त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा यो थप घटेर २१ करोड २० लाख रुपैयाँमा झर्यो भने आर्थिक वर्ष २०८१/८२ मा २० करोड ७० लाख रुपैयाँमा सीमित रह्यो । पछिल्ला वर्षहरूमा ईसेवाको प्रणालीको विश्वसनीयतामाथि पनि पटक–पटक प्रश्न उठ्दै आएको छ । विभिन्न समयमा प्रणाली अवरुद्ध हुने, सेवा प्रभावित हुने तथा प्राविधिक समस्या दोहोरिरहने घटनाले प्रयोगकर्ताहरूको विश्वासमा असर पुगेको छ । कमजोर सुरक्षा संरचना र प्राविधिक गडबडीका कारण डिजिटल भुक्तानी प्रणालीप्रति ग्राहकको भरोसा कमजोर हुँदै जादा ईसेवा साइबर सुरक्षासम्बन्धी पर्याप्त मापदण्ड माथि नै प्रश्न उठ्न थालेको हो । डिजिटल भुक्तानी प्रणालीमा सुरक्षा सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ । तर ईसेवाको मोबाइल वालेट सेवामा देखिएका कमजोरीका कारण विभिन्न प्रकारका साइबर अपराध तथा ठगीका घटना सार्वजनिक हुँदै … Continue reading कमजोर सिस्टमका कारण घट्दै ईसेवाका प्रयोगकर्ता, १० महिनाको व्यापार १५ करोडमा खुम्चियो