सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’

काठमाडौँ । चितवनमा सडकमा गुडिरहेको विद्युतीय सवारीसाधन (ईभी) मा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको घटनाले विद्युतीय गाडीको सुरक्षा र गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गर्दै आएको आयोन ब्रान्डको ईभी कार शुक्रबार बिहान चलिरहेको अवस्थामै आगलागीमा परेको हो । शुक्रबार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–१२ स्थित बसन्तचोकनजिक पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको आयोन ईभीमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । आगलागीपछि गाडीभित्र रहेका चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ पाल्पोटका करिब ५६ वर्षीय अमर पराजुली रहेका छन् । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना पुरुष जलेर मृत अवस्थामा फेला परेका थिए । आगलागीका कारण गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । बीमापोष्टसँग कुरा गर्दै प्रहरी उपरीक्षक पौडेलले सीसीटीभी फुटेजमा पराजुलीले सिटबेल्ट लगाएर सामान्य गतिमा गाडी चलाइरहेको देखिन्छ । तर, घटनास्थल नजिक पुगेपछि एक्कासी गाडीमा आगलागी भएको र चालक आत्तिएको देखिएको उनले बताएका छन् । ‘उहाँ त्यहाँ पुग्नुअघिको सडकको सीसीटीभी हेर्दा मज्जाले सिटबेल्ट लगाएर आरामसँग आइरहेको देखिएको छ,’ पौडेलले भने, ‘दुर्घटनाको ठाउँनजिक आएपछि एक्कासी गाडीमा आगलागी भएको छ । उहाँ आत्तिएको देखिएको छ । जसमा गाडीकै केही … Continue reading सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’