प्रभु बैंकका सीईओ किन भए बेपत्ता ?
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा सम्पर्कविहीन भएका छन् । हिजो असोज १४ गते बैंकलाई इमेलमार्फत आफू फोर्स लिभमा बसेको सूचना पठाउँदै मोबाइल अफ गरेर अनलाईन प्लेटफर्महरु बन्द गरेर बेपत्ता भएका हुन् । शर्मालाई सञ्चालक समितिको २०८२ माघ २० गते देखि लागू हुने गरी ४ वर्षको कार्यकालका लागि सिइओ नियुक्त गरेको थियो । शर्माको बेपत्ताको कारण पछिल्लो समय उनीविरुद्ध पर्सा जिल्ला अदालतमा दायर भएको फौजदारी मुद्दासँग जोडिएको देखिएको छ । तत्कालीन सनराइज बैंकमा रहँदा अञ्जली इन्टरनेशनललाई कर्जा स्वीकृत गर्ने प्रक्रियामा भएको भनिएको अनियमिततालाई लिएर उनीसहित चार जनाविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी अभियोग दर्ता भएको हो । अभियोगमा शर्मासँगै तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाइएको छ । उनीहरू हाल फरार रहेको उल्लेख गर्दै अदालतबाट म्याद जारी गर्न माग गरिएको छ । अभियोगसँगै पक्राउसम्बन्धी अनुमति तथा अन्य आवश्यक कागजातसमेत पेश गरिएको बताइएको छ । मुद्दाको पृष्ठभूमि वीरगन्जस्थित अञ्जली इन्टरनेशनलले बैंकसँग माग गरेको थप कर्जासँग सम्बन्धित छ । व्यवसाय विस्तारका लागि कम्पनीले थप ऋण माग गरेपछि बैंकको केन्द्रीय कार्यालयबाट २०८० वैशाखमा करिब ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको अभियोगपत्रमा उल्लेख छ । स्वीकृत कर्जाका लागि थप सुरक्षणका रूपमा ८९ लाख रुपैयाँ बराबरको … Continue reading प्रभु बैंकका सीईओ किन भए बेपत्ता ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed