नेपाल लाइफबाट घातक रोगी बीमितले पैसा पाएनन, बीमा प्राधिकरण र अदालतको फैसला नै अटेर गर्दै कम्पनी
काठमाडौं । नेपालको बीमा कानुन अनुसार घातक रोग लागेका बीमितलाई त्यस्तो रोग प्रमाणित भए लगत्तै दावी भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर, नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमित इन्द्र बहादुर रिजालले घातक रोग लागेको बर्षौसम्म पनि घातक रोगको उपचार खर्च पाउन सकेका छैनन् । त्यति मात्रै होइन, नियामक बीमा प्राधिकरण र उच्च अदालत पाटनले दावी भुक्तानी तिर्नुपर्ने फैसला समेत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कार्यान्वयन नगरी घातक रोग लागेर बाँचेका बीमितलाई दुःख दिइरहेको छ । भविष्यमा आपत विपद पर्दा स्वास्थ्य सुरक्षा र बचत दुवै हुने ठानेर नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका थिए, स्याङ्जाका इन्द्र बहादुर रिजालले । तर, जब उनलाई हृदयघात भयो, त्यसपछि नेपाल लाइफ दावी भुक्तानी नदिन अनेकन बाहना गरेर पन्छिदै आएको पाइएको छ । बीमित रिजालले २०७२ साल असार २२ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेका थिए । २०७७ साल असार ३० गते घातक रोग समेतको बीमा सुविधा थप गरी बीमा पोलिसी लगातार नविरण गरेका थिए । उनलाई २०७८ साल पुस ३० गते हृदयघात भई शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएरै उपचार गर्नु पर्यो । हृदयघातबाट कोरोनरी एन्जिओप्लाष्टी समेत गरी उपचार पश्चात बालबाल बच्न सफल भए । उपचार सकिएर फर्केपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा दावी गरे । तर, बीमा दावी गरेपछि नेपाल लाइफ इन्स्योरेन्सले … Continue reading नेपाल लाइफबाट घातक रोगी बीमितले पैसा पाएनन, बीमा प्राधिकरण र अदालतको फैसला नै अटेर गर्दै कम्पनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed