तीन महिनामा लघुवित्तले कमाए २ अर्ब १३ करोड नाफाः ८ कम्पनीको १० करोडमाथि, अझै ७ संस्था ऋणात्मक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा सामान्य वृद्धि भएको छ। असोज मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेका ४८ वटा लघुवित्त वित्तीय संस्थाले कुल २ अर्ब १३ करोड ३८ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा १.४४ प्रतिशत अर्थात् ३ करोड ३ लाख ४१ हजार रुपैयाँले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी संस्थाहरूले २ अर्ब १० करोड ३४ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। नाफाका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा रहँदा डेप्रोक्स लघुवित्त दोस्रो र जीवन विकास लघुवित्त तेस्रो स्थानमा रहेका छन्। छिमेकले समीक्षा अवधिमा २७ करोड ३३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिमा कमाएको २६ करोड ९० लाख २ हजार रुपैयाँभन्दा १.६२ प्रतिशत बढी हो। त्यस्तै, डेप्रोक्सले २१ करोड ९९ लाख ३० हजार रुपैयाँ र जीवन विकासले २० करोड १५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नाफाका आधारमा चौथो स्थानमा रहेको नेसनल लघुवित्तले १९ करोड ५ लाख २८ हजार रुपैयाँ कमाएको छ। गत वर्षको तुलनामा यसको नाफा ३२.०५ प्रतिशतले बढेको हो। त्यस्तै, साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख १५ हजार रुपैयाँ नाफा कमाए … Continue reading तीन महिनामा लघुवित्तले कमाए २ अर्ब १३ करोड नाफाः ८ कम्पनीको १० करोडमाथि, अझै ७ संस्था ऋणात्मक