यूनियन लाइफको प्रिअलोटमेण्ट सम्पन्न, आजै बाँडफाँड गर्ने तयारी, पर्ने सम्भावना कति ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रिअलोटमेण्ट सम्पन्न गरी बोर्डमा स्वीकृतिका लागि पठाएको स्वीकृति आएपछि आज ५ बजेपछि आइपीओ बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त आईपीओ रितपूर्वक आवेदन दिएका कुल आवेदक मध्ये १५ लाख ७४ हजार ९९ को हात खाली हुने भएको हो ।कम्पनीको आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए । यसमध्ये कुल योग्य आवेदनको संख्या भने २१ लाख १२ हजार ७९९ जना रहेको क्यापिटलले जानकारी दिएको छ ।कम्पनीको अनुसार ६५ हजार १ सय ७५ जनाको आवेदन विभिन्न कारणले रद्द भएका छन्।
क्यापिटलका अनुसार ४ हजार ८ सय १ आवेदन डुब्लिकेशन भएको जनाएको छ । क्यापिटलले ‘प्रि अलोटमेण्ट’ कार्य सकेकाले उक्त आईपीओ आजै बाँडफाँड हुने जनाएको छ ।योग्य कुल आवेदक मध्ये ५ लाख ३८ हजार ५ सय जनालाई न्युनतम १० कित्ता आईपीओ पर्ने छ ।













