नेको इन्स्योरेन्सको सहकार्यमा गर्भवती महिला लक्षित स्वास्थ्य शिविर, ५० जनाको सहभागिता
काठमाडौं । गर्भवती महिलाको स्वास्थ्य सुरक्षा, सुरक्षित मातृत्व र स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा एकीकृत मातृत्व स्वास्थ्य प्रवद्र्धन शिविर सम्पन्न भएको छ। आमा सुरक्षा नेपालको आयोजना तथा नेको इन्स्योरेन्स लिमिटेडको सहकार्यमा काठमाडौं महानगरपालिका–१९ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा...
निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले बढ्योः सलिको र शिखर अग्रस्थानमा, एनएलजी र हिमालयनको उच्च वृद्धि
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले बढेको छ। गत आवको असोज मसान्तसम्म १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएकोमा चालू आवको सोही अवधिमा १५ अर्ब ५४ करोड...
निर्जीवन बीमकले तीन महीनामा गरे १५ अर्ब ५४ करोडको व्यवसाय, कुन कम्पनीले कति?
काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमास अर्थात् साउनदेखि असोज मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरुले जम्मा ८ लाख ३६ हजार ७४ वटा बीमा पोलिसी जारी...
बीमा प्राधिकरणका अध्यक्ष राजन विक्रम थापाले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त राजन विक्रम थापाले आज पदभार ग्रहण गरेका छन् । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...
कृषि बीमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । कृषि बीमाको प्रभावकारिता बढाउने तथा यससम्बन्धी नीतिगत र व्यावहारिक विषयमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। २०८३ कात्तिक १३ गते नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन...
रसुवा बाढीमा बेपत्ताको बीमादाबी गर्न मृत्यु दर्ता नचाहिने, भुक्तानी सहज बनाउन प्राधिकरणको आठबुँदे निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित जीवन बीमित र उनीहरूका परिवारलाई राहत पुग्ने गरी बीमा रकम भुक्तानी प्रक्रिया सहज बनाएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघुजीवन बीमा कम्पनीलाई मृत्यु दाबी,...
बीमा क्षेत्रका कर्मचारी तलब र पदोन्नतिप्रति असन्तुष्ट, सहकर्मीको सहयोग भने सन्तोषजनक
काठमाडौं । नेपालका बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू सहकर्मीको सहयोग र कामको जिम्मेवारीप्रति सन्तुष्ट देखिए पनि तलब, सेवा–सुविधा र पदोन्नति प्रक्रियाप्रति असन्तुष्ट रहेको एक अध्ययनले देखाएको छ । नेपाल बीमा प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्मचारीको समग्र...
जीवन बीमामा महिलाको सहभागिता ५७ प्रतिशत, नेतृत्व तहमा १३ प्रतिशत मात्रैः प्रतिवेदन
काठमाडौं । नेपालको जीवन बीमामा महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिए पनि बीमा कम्पनीको नेतृत्व तहमा उनीहरूको उपस्थिति कमजोर रहेको एक अध्ययनले देखाएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको लैङ्गिक अध्ययन प्रतिवेदनअनुसार बीमा सेवाको प्रयोगमा महिला अगाडि रहे...
कृषि तथा पशु बीमा लागि सरकारले २ अर्ब १९ करोड अनुदान दिने
काठमाडौँ ।सरकारले कृषि तथा पशुपालन क्षेत्रमा हुने जोखिम र क्षति न्यूनीकरण गर्दै किसानलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन चालु आर्थिक वर्ष २०८३र८४ मा करिब सवा दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बाली तथा...
रसुवा बाढीको बीमा दाबी भुक्तानी ८२ करोड नाघ्यो, २० अर्बभन्दा बढीको दाबी
काठमाडौं । गएको भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका भौतिक संरचना, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख रुपैयाँ नाघेको छ। बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित उक्त रकम बराबरको...
युनाइटेड अजोड इन्स्योरेन्स विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार बनेको छ । कम्पनीका अनुसार नेपाली क्रिकेट र खेलकुद क्षेत्रसँग सहकार्य गर्दै खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले विराटनगर किंग्ससँग साझेदारी गरिएको हो...
दशैं बिदामा पनि सेवा दिँदै निर्जीवन बीमा कम्पनी, दाबी भुक्तानीलाई प्राथमिकता
काठमाडौं । दसैं बिदा भएसगै अधिकांश सरकारी तथा निजी कार्यालय बन्द रहने भए पनि निर्जीवन बीमा कम्पनीहरूले भने बीमितलाई सेवा दिने भएका छन् । कम्पनीहरूले दसैं बिदाको अवधिमा निश्चित शाखा तथा काउन्टर खुला राखेर सीमित कर्मचारीमार्फत सेवा प्रदान गर्ने...
दशैंमा घुमफिरको योजना छ ? यात्रा बीमा गरी ढुक्क बन्नुहोस्
काठमाडौं । दशैंको लामो बिदामा परिवार र साथीभाइसँग घुमफिर गर्ने, नयाँ ठाउँ पुग्ने वा विदेश यात्रामा निस्कने योजना बनाउँदै हुनुहुन्छ भने यात्राको तयारी गर्दा गन्तव्य, यातायात, होटल र खर्चको व्यवस्थापनसँगै यात्रा बीमालाई पनि प्राथमिकतामा राख्नु आवश्यक छ । यात्राका...
प्राकृतिक विपत्तिको जोखिममा निर्जीवन बीमा, आर्थिक सुरक्षाको बलियो आधार
धनगढी। बीमा जोखिम व्यवस्थापनको महत्त्वपूर्ण औजार हो। मानिसको जीवन, सम्पत्ति तथा दायित्वमा पर्न सक्ने अनिश्चित जोखिमबाट उत्पन्न आर्थिक भार कम गर्न बीमाले महत्त्वपूर्ण भूमिका खेल्छ। भविष्यमा के हुन्छ भन्ने कुरा निश्चित नहुने भएकाले सम्भावित जोखिमबाट हुने आर्थिक क्षतिको व्यवस्थापनका...
दशैं बिदामा पनि बीमा दाबी सेवा सुचारु, बाढी प्रभावितका लागि सम्पर्क व्यक्ति तोकियो
काठमाडौं।देशभर दशैंको रौनक छाएसँगै सार्वजनिक बिदा सुरु हुन लागेको अवस्थामा पनि निर्जीवन बीमा कम्पनीहरुले आफ्नो सेवालाई निरन्तरता दिने भएका छन्। हालै रसुवा र कालीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीहरुले दशैंको बिदामा पनि बीमा...
सवारी बीमा नवीकरणमा प्रशासनिक झन्झट हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले सवारीसाधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई सहज बनाएको छ । अब सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारीसाधनको बीमा वा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका,...
नेपालगञ्जमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, शाखा कार्यालय नेपालगञ्जको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, नहरपुरुवा, पुरैनीमा कृषि बीमा तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कृषक तथा पशुपन्छी पालकहरूलाई बीमाको महत्व, आवश्यकता र लाभबारे जानकारी गराउने तथा कृषि...
युनाइटेड अजोड इन्स्योरेन्स पोलियोमुक्त विश्व अभियानको साझेदार
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पोलियोमुक्त विश्व निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको मेगा पोलियो साइकल र्यालीका लागि आधिकारिक बीमा साझेदारका रूपमा सम्झौता गरेको छ। कम्पनीले रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ र रोटरी क्लब अफ भक्तपुरसँग उक्त र्यालीका लागि...
रसुवा बाढीपीडितलाई युनाइटेड अजोडले दियो १ करोड ४९ लाख दाबी भुक्तानी
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिकताका साथ बीमा दाबी भुक्तानी गरिरहेको छ। कम्पनीले विभिन्न विधाका सातवटा बीमा दाबी फछ्र्यौट गर्दै हालसम्म १ करोड ४९ लाख...
भोटेकोशी–त्रिशूली बाढीको प्रारम्भिक दाबी झण्डै २१ अर्ब, हालसम्म साढे २३ करोड भुक्तानी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १८ निर्जीवन बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब बराबरको प्रारम्भिक दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको बीमा दाबी विवरणका...



















