स्वीकृत कर्जा नदिएको आरोपमा सनराइज बैंकका पूर्वसिईओसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौं । अंजली इन्टरनेशनललाई स्वीकृत भएको थप कर्जा रकम उपलब्ध नगराएको आरोपमा तत्कालीन सनराइज बैंकका सीईओ सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगपत्र दायर भएको छ। अभियोगपत्रमा तत्कालीन सीईओ शर्मासहित नायब प्रबन्धक केदार सिंह,...
कामना सेवा विकास बैंकको रेटिङ बढ्यो, ‘त्रिपल बी माइनस’मा उक्लियो
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको इस्यूअर रेटिङ बढेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको जारीकर्ता मूल्यांकनलाई यसअघि रहेको ‘केयर–एनपी बीबी प्लस’ बाट बढाएर ‘केयर–एनपी बीबीबी माइनस’ कायम गरेको हो। नयाँ मूल्यांकनले बैंकले वित्तीय दायित्व समयमै पूरा गर्ने...
सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन सिद्धार्थ बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।...
‘सानिमा बैंकमा ६ अर्ब ८४ करोडको घोटाला, प्रश्न उठाउँदा ‘हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्की!’
सबल र विश्वसनीय स्लोगनसहित अघि बढेको सानिमा बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त वाणिज्य बैंक हो। तर, पछिल्लो समय बैंकका केही गतिविधि र कार्यशैलीले बैंकको सुशासन, पारदर्शिता र जवाफदेहितामाथि नै गम्भीर प्रश्न उठ्न थालेका छन्। विशेषगरी केही शेयरधनीले...
यस्तो छ प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्धको अभियोगपत्र
काठमाडौं। अंजली इन्टरनेशनललाई स्वीकृत भएको भनिएको थप कर्जा रकम उपलब्ध नगराएको आरोपमा तत्कालीन सनराइज बैंक तथा वर्तमान प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगपत्र दायर भएको छ। तत्कालीन...
प्रभु बैंकका सीईओ किन भए बेपत्ता ?
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा सम्पर्कविहीन भएका छन् । हिजो असोज १४ गते बैंकलाई इमेलमार्फत आफू फोर्स लिभमा बसेको सूचना पठाउँदै मोबाइल अफ गरेर अनलाईन प्लेटफर्महरु बन्द गरेर बेपत्ता भएका हुन् । शर्मालाई सञ्चालक...
ऋण लिनेहरूलाई राहत : निरन्तर घट्दै बैंकको आधारदर, कुनबाट पाइन्छ सस्तो ब्याजमा कर्जा ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर क्रमशः घट्दै गएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुनुका साथै कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकहरूको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । तथ्यांकअनुसार २० वटै वाणिज्य बैंकको औसत आधार...
१०० रुपैयाँको नोट अब एटीएमबाटै, दसैंमा लाइन बस्नुपर्ने झन्झट घट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले सीमित एटीएमबाट १०० रुपैयाँ दरका नयाँ नोट वितरण सुरु गरेका छन्। दसैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायतका केही स्थानमा रहेका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था...
पोखरा फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने
काठमाडौं। पोखरा फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको बिक्रीमा रहेको शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि सात दिनको समय दिएको छ। फाइनान्सका संस्थापक सेयरधनी मनबहादुर गुरुङले आफ्नो नाममा रहेको १ लाख ६६ हजार ९६.१४ कित्ता र नारायणबाबु लोहोनीले...
विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त नेपाल राष्ट्र...
सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता...
दसैंका लागि नयाँ नोट वितरणको शैली फेरियो, राष्ट्र बैंकले नियमित रूपमा सटही दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंलाई लक्षित गरी छुट्टै मिति तोकेर नयाँ तथा खुद्रा नोट वितरण नगर्ने भएको छ । केन्द्रीय बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध गराउने भएको हो...
नेपाल राष्ट्र बैंकको इन्स्पेक्सन लगत्तै आजदेखि प्रभु बैंकका सिईओ फोर्स लिभमा
काठमाडौं । प्रभु बैंकका सिईओ सुमन शर्माले इमेलमार्फत आफू फोर्स लिभमा बसेको सूचना बैंकमा पठाएका छन् । स्रोतका अनुसार आज विहान सिईओ शर्माले बैंक प्रशासनलाई इमेलमार्फत आफू आजदेखि फोर्स लिभमा बसेको जानकारी दिएका छन् । उनको मोबाइल अफ छ...
ग्लोबल आइएमई क्यापिटलको १९औँ साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा असोज १४ गते काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२ ।०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत...
अक्टोबर १२ देखि विश्व बैंकको बैठक, बढ्दो ऋण–जलवायु संकट र एआईको दबाब मुख्य एजेन्डामा
काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो आर्थिक मञ्चमध्ये एक मानिने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठक थाइल्यान्डको राजधानी बैंककमा सुरु हुँदैछ। अक्टोबर १२ देखि १८, २०२६ सम्म सात दिन सञ्चालन हुने बैठकमा विश्वभरका वित्तीय...
एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको हो । सभाले शेयरधनीहरुका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद...
सूर्योदय वोमी लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदमा एक जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। संस्थाले खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। संस्थाका अनुसार उक्त पदका...
सानिमा बैंकमा सुशासन माग्दा खुट्टा भाँच्ने धम्की, सिईओ भन्छन्, ‘आरोप प्रमाणित भइसकेको छैन’
काठमाडौँ । सानिमा बैंक लिमिटेडको व्यवस्थापन शैली, कर्जा वितरण तथा असुली प्रक्रिया र संस्थागत सुशासन तथा पारदर्शितालाई लिएर पछिल्लो समय प्रश्न उठ्न थालेका छन् । पछिल्लो समय बैंकभित्र सुशासनका लागि विभिन्न सूचनाहरु माग गरेका एक शेयरधनीलाई कम्पनी सचिव रुद्र...
सानिमा बैंकका चार बचत खाताको बीमा सुविधा स्थगित
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना चारवटा बचत खातामा उपलब्ध गराउँदै आएको बीमा सुविधा स्थगित गर्ने भएको छ। बैंकले २०८३ साल आश्विन १४ गतेदेखि लागू हुने गरी सुनौलो बचत खाता, सानिमा सुपर सेभिङ्गस, सानिमा फेमिली सुपर सेभिङ्गस र सानिमा...
इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् । यस सम्बन्धमा ...


















