लक्ष्मी बैंकद्धारा हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध

काठमाडौं । लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटलले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरको छ । क्यापिटलले डिम्याट संचालन गरेवापत वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।
क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ भित्र खाता खोलेका हितग्राहीलाई वार्षिक संचालन शुल्क वापत बुझाउनु पर्ने रकम १०० रुपैयाँ आफुलाई नजिक पायक पर्ने लक्ष्मी क्यापिटल वा लक्ष्मी बैंकको जुनकुनै शाखामा गई डिम्याट नविकरण गर्न अनुरोध गरेको हो ।
साथै क्यापिटलले खल्ती, फोन पे, कनेक्ट आइपीएस, र ईसेवा डिजिटल भुक्तानि पनि गर्न सकिने जनाएको छ । क्यापिटलले असार मसान्त भित्रमा डिम्याट गर्नुपर्ने बताएको छ । यदि तोकिएको समयभित्र डिम्याट नविकरण नगरेमा डिम्याट खाता स्वतः रोक्का (फ्रीज) हुने क्यापिटलले जनाएको छ ।













