पहिलो महिनामा शिखर इन्स्योरेन्सको उत्कृष्टता कायमै, सगरमाथा दोस्रो, कुन कम्पनीको अवस्था कस्तो ? ( तथ्याङ्क सहित)

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरु मध्ये १९ कम्पनीले चालु आर्थिक बर्षको पहिलो महिनामै २ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले भने चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण देखाइएको छैन ।
विगत लामो समयदेखि अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले नै पहिलो स्थान ओगट्न सफल भएको छ। बीमा पोष्टलाई प्राप्त अनौपचारिक तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।त्यस्तै, तेस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमाससम्ममा २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
बीमा पोष्टलाई प्राप्त अनौपचारिक तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्सले २६ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २६ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले २३ करोड रुपैयाँ एनएलजी २० करोड रुपैयाँ, दि ओरियण्टल इन्स्योरेन्सले १७ करोड रुपैयाँ, युनाइटेड १५ करोड रुपैयाँ , प्रभु १३ करोड रुपैयाँ, आइएमई जनरल १३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यसैगरी अजोड १२ करोड, नेशनल इन्स्योरेन्स १२ करोड, प्रुडेन्सियल १२ करोड, नेपाल इन्स्योरेन्स ११ करोड , एभरेष्ट ११ करोड, लुम्बिनी १० करोड, जनरल ७ करोड, सानिमा ६ करोड र प्रिमियर इन्स्योरेन्सले २ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

Beema Post.com














इन्स्योरेन्स ले बीमा गरेको मात्रै लेखनु भयन महोदय दाबी भुक्तानी बीना कमिसन दिदैनन भनेर पनि सत्य कुरा लेखनुस ,सगरमाथा इन्स्योरेन्स ले तीन बर्ष देखिको दाबी तिरेको छैन