त्रिवि गणित विभागमा डाटा साईन्स स्नातकोत्तर तहको अभिमुखिकरण सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक पठनपाठन सुरु भएको गणित विज्ञान विभागले नयाँ भर्ना गरेको स्नातकोत्तर तहको पहिलो पठन पाठन सुरु भएको छ । कलेजले हिजो पहिलो पटक अभिमुखिकरण सम्पन्न भएको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय गणित विज्ञान स्कुलमा यसै बर्षबाट संचालन भएको स्नातकोत्तर तहको डाटा साइन्स विषयको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको त्रिविविले जनाएको छ ।
अभिमुखिकरण कार्यक्रमको अध्यक्षता स्कुलका निर्देशक प्रा.डा नारायण प्रसाद पहारीले गर्नुभएको थियो भने कार्यक्रमको प्रखुख अतिथि त्रि.वि का शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुषाल र अथितिको रुपमा त्रि. वि का गणित, तथ्याङशास्त्र र कम्प्युटर साइन्स विषयविज्ञ तथा डाटा साईन्स बिषयका इन्डेस्ट्रीका विज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन स्कुलका कार्यक्रम संयोजक केशवराज फुलाराले गरेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा शिक्षाध्यक्ष भुषालले त्रिभुवन विश्व विद्यालयले विश्वबजारमा बिक्ने नयाँ नयाँ कार्यक्रम थप्दै गएको र बहुआयमिक विषयको अवधारणा अनुसार स्कुलको स्थापना भएको जानकारी दिए । साथैे डाटा साईन्स कार्यको सफलताको शुुभकामना दिदै आफ्नो विश्वविद्यालयको तर्फबाट सो कोर्षकोे उत्थानका लागी केही कसुर बाँकी नराख्ने प्रतिबद्धता सो अवसरमा व्यक्त गरे । स्कुलका संस्थापक निर्देशक प्रा.डा. प्रकाशमुनी बज्रार्चायले स्कुलको स्थापना गर्नको लागि उल्लेखनीय भुमिका खेलेकोमा त्रि.विका पूर्वउपकुलपति प्रा.डा हीरा बहादुर महर्जन तत्कालीन रजिष्ट्रार प्रा.डा चन्द्रमणि पौडेल र पूर्व डीन चिरिक शोभा ताम्राकार र स्व.प्रा.डा. राममान श्रेष्ठलाई धन्यवाद ब्यक्त गर्दै स्कुलले उहाँहरुलाई कहिल्यै नबिर्सने बताए ।
नवप्रवेशी विद्यार्थी अशोक ढकालले २० लाख रुपैयाँ तिरेर गणित साईन्सको कार्ष पढन विदेश जान तयार भएको तर त्रि.वि ले यहि बेभ साइटबाट थाहा पाएर रोकिदै भर्ना हुन आएको बताए ।त्रि.वि ले गणित विज्ञान स्कुलमा यसै बर्षबाट स्नातकोत्तर तहको डाटा साईन्स विषयको भर्र्ना लिएको छ । जम्मा ३६ जना विद्यार्थीहरुको भर्नाको लागि १४७ जनाले आवेदन भरेका थिए ।
तीन चरणको मुल्याङनको आधारमा ८० प्रतिशत खुल्ला र २० प्रतिशत समावेशी कोटामा भर्ना लिने स्कुलको नियमानुसार विद्याार्थीहरु भर्ना भएको गणित स्कूलले जनाएको छ ।
पाँच बर्ष अगाडि स्कुलमा एक्चुअरी साईन्सको नया कार्यक्रम भर्ना भन्दा डाटा साईन्स बिषयको यो कोर्षको भर्ना निकै सहज भएको स्कुलका कार्यक्रम संयोजक फुलाराले बताए । संयोजक फुलाराले एक्चुअरी साईन्स विषयको स्नातक तहको कार्यक्रम निकै कठिन भएकोमा अहिले डाटा साइन्सको नयाँ भर्नामा पहिलो पटक नै आकर्षण बढेको बताए ।
आगामी दुई बर्ष भित्रै नेपालमा डाटा एनालाइसिस्ट तयार हुने स्कुलको दाबी छ । यहाबाट उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सहजै काम पाउने संयोजक फुलाराले बताए । विश्व बजारमा एक्चुअरी साईन्स र डाटा साईन्स एकदमै राम्रो र स्कोप भएको विषयको रुपमा चिनिनुको साथसाथै सबैभन्दा बढी कमाउने बिषय हुन् ।
अहिलेको नयाँ प्रविधि फेसबुक, टवीटरहरुले डाटा र सूचना प्रविधिको सयोजन गरेर उल्लेख्य प्रगति गरेको प्रसँग उल्लेख गर्दै नेपालको त्रिवि पनि विश्वस्तरीय हुँदै गएको कम्प्युटर केन्दिंय विभागका प्रमुख नवराज पौडेलले जानकारी दिए । पौडेलले अवको जमाना डाटा साईन्सको भएको बताउँदै उनले नेपालमा सरकारी तथा नीजि कम्पनीहरुमा यहाँबाट उत्पादित जनशक्तिले निर्विकल्प काम पाउनेमा आशावादी रहेको बताए ।नेपालमा डाटा साइन्सको स्नातकोत्तर तहको कोर्ष पुरा गर्न जम्मा २० लाख ६० हजार मात्र खर्च लाग्छ ।













