एशियन लाइफद्धारा ११ लाख ३९ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले बीमित अमरजीत ठाकुरको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले हल्दीबारी १ गोलधाप, झापाका मृतक बीमित अमरजीत ठाकुरको घरमै गई उनकी आमा निर्मला देवि ठाकुर एवं श्रीमति सती कुमारी शर्मालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
मृतक ठाकुरले २ वर्षअघि १० लाखको ४।४ वर्षमा फिर्ता हुने र अवधि सक्केपछि पनि बीमा रहिरहने एशियन लाइफको लोकप्रिय योजना जीवन संजिवनी बीमा योजनामा बीमा गराएका थिए । उनको गत जेठ ८ गते उपचारको क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
बीमितको घरमै गई गाउँपालिका वडा अध्यक्ष त्रिलोचन सापकोटा, बिर्तामोड शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र काँकडभित्ता इन्चार्ज दुर्गाप्रसाद निरौलाले संयुक्त रुपमा ११ लाख ३९ हजार २३३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बीमितको घरमा आयोजना गरेको कार्यक्रममा समाजिक अभियन्ता प्रकाश कार्की, एशियन लाईफका बिएम एव संहकारी म्यानेजर धन कुमारी कार्की, पूर्णावती लिम्बु, सुर्य बहादुर श्रेष्ठ लगायत बिमीत, अभिकर्ता, संधसंस्थाका प्रतिनिधीको समेत उपस्थिति रहेको थियो ।













