आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरले कति पायो रेटिङ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका रेटिङ पाएको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर ट्रपल बि’ रेटिङ प्राप्त गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा कम्पनीमा गरिएको लगानी सुरक्षित रहेको संकेत प्रदान गर्छ ।
इक्रा नेपालका अनुसार उक्त इस्युअर रेटिङले मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।कम्पनीको ४० प्रतिशत हकप्रद शेयरलाई इक्रा नेपालले रेटिङ गराएको हो ।कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ ।हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको छ बोनस र ४० प्रतिशत हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड पुग्ने छ ।












