बैंकले ग्राहकलाई उपहार, चिठ्ठा बाड्न नपाउने, राष्ट्र बैंकद्धारा कडाई

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् ।सोमबार राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो निर्देशन दिएको हो ।
अब बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार, चिठ्ठा, प्रतियोगिता, पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने छैनन्।
निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन उपहार सम्बन्धी कार्यक्रम सञ्चालन गर्न नपाईने सम्बन्धमा । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुन चाँदीका सिक्का लगायत कुनै पनि किसिमका उपहारहरु प्रदान गर्न पाइने छैन ।












