स्थानिय निकायसँग बीमा समिति : सिस्ने गाँउपालिकामा बीमाको पहुँच बढाउन आवश्यक नीति बनाउने

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाँउपालिका रुकुमकोटमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सिस्ने गाँउपालिकाका उपादक्ष्य गोवद्धन बुढाको उपस्थितीमा वडा अदक्ष्य, अध्यक्ष, स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सिस्ने गाँउपालिकाका उपादक्ष्य गोवद्धन बुढाले कृषि बीमाको लागि अजोड इन्स्योरेन्सले यस क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको कुरा व्यक्त गरे । सिस्ने गाँउपालिकाको रुकुमकोटले यसअघि सहकारी मार्फत स्थानीय छोरीहरुलाई निशुल्क रुपमा बीमा गराँउदै आएको थियो । आगामी दिनमा जीवन बीमा कम्पनीमार्फत नै बीमा गराउने यस बिषयमा आवश्यक निति तथा कार्यक्रम कसरी बनाउने भन्ने बिषयमा अध्यक्षसँग विस्तृत छलफल गर्ने रणनिति बनाउने उपादक्ष्य गोवद्धन बुढाले बताए । कार्यक्रमले बीमाबारे थप जानकारी पाएकोमा खुशी व्यक्त गरेका थिए ।
त्यस्तै, कार्यक्रममा उपस्थिती स्थानियहरुले विकट एवं पहाडी क्षेत्र भएको कारण हिमपात, पहिरो जस्ता जोखिमहरुबाट बच्न जीवन बीमा उत्तम विकल्प भएको कारण कार्यक्रमबाट थप उत्प्रेरणा मिलेको कुरा व्यक्त गरे ।













