सानिमा जनरल इन्स्योरेन्सको शेयरधनीको हात खाली, लाभांश नदिने
९ पुष २०७८, शुक्रबार १४:३१

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराहीमा चौथो वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले लाभांश बिना नै साधारण सभा बोलाएको हो । सभाले सञ्चालक समितिले पेश गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।
त्यस्तै, लेखा परीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । जसका कारण पुस १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।













