नाडेप लघुवित्तको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त

१६ माघ २०७८, आईतवार १०:४०

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट संचालक समितिको अध्यक्षमा आचार्य नियुक्त भएका हुन् ।

सो सभापश्चात् कम्पनीको संचालक समितिको १५८ औं बैठकबाट आचार्य अध्यक्ष पदमा नियुक्त भएका हुन् । साथै उक्त सभाबाट कम्पनीको संचालकमा आचार्य सहित संस्थापक शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने निरज कुमार बस्नेत डनिल, हरिकृष्ण सुवेदी प्रतिनिधि र बेद प्रसाद सिवाकोटी नियुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*