महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
२ फाल्गुन २०७८, सोमबार १२:४९

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले आइपीओ निष्काशन गर्न सानिमा क्यापिटल नियुक्त गरेको छ।
सम्झौतापत्रमा आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले जारी पूँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।













