थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

२ फाल्गुन २०७८, सोमबार १८:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आज ६ हजार २७९ जनामा पीसीआर परीक्षण गर्दा ४८२ जनामा र २ हजार ४१७ जनामा एन्टिजेन परीक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ भने २ हजार ३१९ जनामा संक्रमणमुक्त भएको छ । हाल देशभर २० हजार ७३९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*