शिव श्री हाइड्रोपावर १८ करोड रुपैयाँ नोक्सानीमा

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । कम्पनीले प्रकाशन गरेको विवरण अनुसार कम्पनी नोक्सानमा रहेको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा समेत १८ करोड ३ लाख ४८ हजार रुपैयाँको नोक्सानमा रहेको छ । बिद्युत बिक्री आम्दानीमा सुधार हुदा समेत कम्पनी नोक्सानमा रहेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी १३ करोड १३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष १६ करोड १९ लाख रुपैयाँ ऋणात्मक र संचालन नाफा ९ करोड ६५ लाख पुगेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी २४ रुपैयाँ ४३ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ०३ पैसा रहेको छ ।













