ग्लोबल आइएमई बैंकको एक्सटेन्सर काउन्टर चित्रेपोखरीमा
३ फाल्गुन २०७८, मंगलवार १४:२९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप नयाँ एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा न ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरको हो ।
बैंकको ५० औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मीले गरेका छन् । बैंकका ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर बिस्तार गरेको जनाएको छ ।
उक्त एक्सटेन्सन काउन्टर बिस्तार गरेसँगै हाल बैंकले ५० औं एक्सटेन्सन काउन्टर, २८७ शाखा कार्यालय र २५२ एटीएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।













