राष्ट्र उत्थान लघुवित्तको आजदेखि आइपीओ बिक्रि खुल्ला

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज देखि बिक्रि खुला भएको छ । कम्पनीले कुल ८ लाख ५० हजार कित्ता सेयर आज देखि जारी गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी २६ करोडको ३२.६५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबर रकमको आईपीओ बिक्रि खुला भएकोछ ।जसमध्ये कुल निष्काशनको ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानीकोषको लागि छुट्टाईएको छ । त्यस्तै १३ हजार कित्ता सेयर कर्मचारी र बाँकी ७ लाख ९४ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
आईपीओमा आज (फागुन ४ गते) देखि फागुन ८ गते बैंकिङ्ग कारोबार समयमा आवेदन दिनु पर्ने छ । कम्पनीले भोली बिक्रि खुला भएर छिटोमा फागुन ८ गते र ढिलोमा १८ गते निष्काशन बन्द हुने भनेको छ ।
ढिलोमा भनेको अघिल्लो मितिसम्ममा माग गरिएको भन्दा कम आवेदन परेमा हो । जुन अहिलेको परिस्थितिमा सम्भव छैन । पछिल्लो समय निष्काशन हुने आईपीओहरुमा माग भन्दा कम्तिमा पनि ५० प्रतिशत भन्दा बढी आवेदन पर्ने गरेको छ ।













