एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने सरकारको निर्णय
४ फाल्गुन २०७८, बुधबार १२:३३

काठमाडौं । सरकारले आज विवादास्पद एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रम शेर बहादुर देउवा र प्रचण्डबीच केही बेरअघि सम्पन्न छलफलमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् ।













