एमसीसीे विरोधी प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा
४ फाल्गुन २०७८, बुधबार १४:५६

काठमाडौं । एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।
प्रहरीले प्रदर्शनकारीको आक्रोश नरेकिएको कारण अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन्।प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ ।













