सुन तोलामा १ हजार रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

५ फाल्गुन २०७८, बिहीबार ११:३५

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सुन तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*