झिनो अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

५ फाल्गुन २०७८, बिहीबार १५:२५

काठमाडौं । बिहिबार नेप्से १.९३ प्रतिशतले घटेको छ । हिजो १९ अकंले घटेको नेप्से आज भने सामान्य अकंले घट्न पुगेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ४० करोड १७ लाख ४२९ कित्ता शेयर किनबेच भएको छ । नेप्से सामान्य अकंले घट्दा समेत कारोबार भने २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा समिति भएको छ ।

बिहिबार नेप्से सामान्य अकंले घट्दा कारोबारमा भने भारी गिरावट आएको हो । कारोबार २ अर्ब २७ लाख रुपैयाँमा सिमित हुदाँ बुद्धभुमि नेपाल हाइड्रोपावरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ४.०२ प्रतिशतले घटेको हो ।

त्यस्तै, एनआईसि एशिया डिबेञ्चरको ३.९० प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको ३.३९ प्रतिशत, नेरुडे लघुवित्तको २.२९ प्रतिशत, सिभिल लघुवित्तको २.२७ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको २.२४ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको २ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*