नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा

काठमाडौं । नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन्। उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ भएको बताए।
महानायक हमालले फेसनबाट कोही मानिस पनि टाढा रहन नसक्ने भन्दै उनले हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो व्यक्तित्वमा भेषभुषालाई समेटिरहेको बताए। उनले फेसन समाजमा नभइ नहुने कुरा भएको पनि बताए।
कम्पनीले नेपालको संस्कृति र कलालाई भेषभुषाको माध्यमबाट चिनाउने लक्ष्यसहित भेषभुषाको शुरुवात गरेको बताएको छ। कार्यक्रममा भेषभुषा डटकमले हरेक उमेर समूहलाई सुहाउने किसिमका डिजाइनबाट हरेक नेपालीका भेषभुषालाई विश्व बजारमा स्थान दिन पहल गर्ने प्रतिवद्धता जनाएको छ।कम्पनीले आफ्नो अनलाइन साइटको माध्यमबाट नेपाली कला संस्कृतिसँग जोडिएका भेषभुषाहरुको विश्व बजारिकरण गरिने पनि बताएको छ।
भेषभुषा डटकमले केही वर्षभित्र ५० करोडको लगानी गरेर भेषभुषाको बजारलाई विस्तार गर्ने सोच बनाएको छ। अहिले भने कम्पनीले ५ करोडको लगानीबाट भेषभुषा डटकम शुरु गरेको जनाएको छ।













