महालक्ष्मी विकास बैंकको विवाद चुलिदै, १३ गते आह्वान गरिएको साधारणसभा अबैध !

६ फाल्गुन २०७८, शुक्रबार १४:४२

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगामी फागुन १३ गतेका लागि आह्वान गरेको २० औं बार्षिक साधारणसभा अबैध देखिएको छ । २० औं बार्षिक साधारणसभाको विषयमा अदालतमा मुद्दा परेको र उच्च अदालत पाटनले रोक्न निर्देशन दिएकै अवस्थामा बलपूर्वक बैंकले ७ दिने सूचनामार्फत बैंकले पुनः बार्षिक साधारणसभा आह्वान गरेको पाइएको छ ।

महालक्ष्मी बैंकले अदालतको मानहानी हुने गरी अदालमा मुद्दा विचाराधिन रहेकै अवस्थामा पुनः साधारणसभा आह्वान गरेपछि अध्यक्ष राजेश उपाध्यायको नियतमाथि शंका उत्पन्न भएको छ । उनले बैंकभित्र गरेको बदमासी छोप्ने प्रयत्न स्वरुप बलपूर्वक ७ दिने सूचनामार्फत साधारणसभा गरेर हतार हतार सेटल गर्न चाहेको स्रोतको भनाई छ ।

यसअघि बैंकले यही पुस २५ गते आफ्नो २०औँ वार्षिक साधारणसभा आह्वान गरेको थियो । तर सञ्चाकहरुबीच विवाद बढेको र उक्त वार्षिक साधारणसभामा सञ्चालकहरुको निर्वाचन प्रमुख एजेण्डा रहेको थियो । तर विवाद बढेपछि गिरिराज पोखरेलसहितका व्यक्तिहरुले महालक्ष्मी विकास बैंक, बैंकका अध्यक्ष राजेश उपाध्यायसहितका व्यक्तिहरुलाई विपक्षी बनाएर उत्प्रेषणसम्बन्धी मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा उच्च अदालत पाटनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालक समितिको निर्वाचनबाहेक सबै कार्यक्रम गर्नु भनेर अल्पकालीन आदेश जारी गरेको थियो । सोही आदेशअनुरुप पुस २५ गते बैंकले साधारणसभा गरेको थियो । तर उक्त साधारणसभामा कोरम नपुगेपछि बीचैमा सभा रोकिएको थियो । पुनः माघ ३ गतेका लागि तोकिएको साधारणसभालाई अदालतले रोक्न निर्देशन दिएका थियो ।

अदालतले रोक्न निर्देशन दिएकै अवस्थामा अध्यक्ष उपाध्यायले पुनः यही फागुन १३ गते आह्वान गरिएको हो ।
समस्याग्रस्त नेपाल विकास बैंकलाई मर्जरमा लगेर यति विकास बैंक हुँदै महालक्ष्मी विकास बैंक बनेको बैंकमा पुनः विवाद सुरु भएपछि लगानीकर्ताहरु तनावमा परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*