मेरोमाइक्रोफाइनान्स लघुवित्तद्धारा महिला केन्द्रलाई आर्थिक सहयोग प्रदान

९ फाल्गुन २०७८, सोमबार १०:५९

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र घर बनाउन आर्थिक सहयोग गरेको छ । संस्थाको मनमैजु शाखाले तारकेश्वर नगरपालिका ४ लोलाङ स्थित जितगुरु गणेश महिला केन्द्रलाई केन्द्र घर स्थापना गर्न आर्थिक सहयोग गरेको हो ।

सस्थाले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोेग गरेको हो । उक्त सहयोग शाखा प्रबन्धक चक्र बहादुर लामाले केन्द्र प्रमुख उमा देवी भण्डारीलाई चेक हस्तान्तरण गरेका हुन ।

संस्थाको सहयोगले महिलाहरु समूहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तिकरण हुनुका साथै समाज बिकासमा परिवर्तन हुने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*