महालक्ष्मी विकासद्धारा साइन्स ल्याबका लागि आवश्यक सामग्री हस्तान्तरण
१० फाल्गुन २०७८, मंगलवार ०६:१७

काठमाडौं । महालक्ष्मी विकास बैंक श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।
उक्त कार्यक्रममा पोखरा रिजनका ब्रान्च कोअर्डिनेटर एवं न्युरोड शाखाका शाखा प्रबन्धक गणेशप्रसाद आचार्य र चिप्लेढुंगा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले संयुक्त रुपमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई गरेका हुन्। उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक ओम प्रसाद पौडेलले सञ्चालन गरेका थिए।












